एमाले स्थायी कमिटी बैठक आज, राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गरिने

काठमाडौं, १ मंसिर । नेकपा (एमाले) को स्थायी कमिटीको दोस्रो बैठक आज बस्दैछ । भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीस्वरूप पार्टीले स्थायी कमिटी बैठक बोलाएको हो ।

पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

बैठकले भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाका एजेन्डा अनुमोदन गर्नेछ । साथै, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने र समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा निर्माण गर्ने कार्यसूची रहेको आचार्यले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *