चैत्र १४ गते शनिवार नेपालमा चौथो विश्व नेवार दिवस

काठमाडौं। वल्र्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले नेपालमा चौथो विश्व नेवार दिवस मनाउने भएको छ। यही चैत्र १४ गते शनिवारका दिन वल्र्ड नेवाः अर्गनाइजेसनको नेपाल च्याप्टरले नेपालमा नेवार दिवस मनाउन लागेको हो।

काठमाडौंको बसन्तपुरमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यतामा विशेष समारोहको आयोजना गरेर नेपाल च्याप्टरले नेवार दिवस मनाउने तयारी लगभग पूरा भैसकेको जानकारी चौथो विश्व नेवार दिवस नेपाल ११४१ आयोजक समितिका प्रमुख संयोजक सुरेन्द्रभक्त श्रेष्ठले दिएका छन्।

संयोजक श्रेष्ठका अनुसार, शनिवार आयोजना हुन गैरहेको चौथो विश्व नेवार दिवसमा वल्र्ड नेवाः अर्गनाइजेसनका विविध गतिविधि संलग्न भएको विशेषांक विमोचन हुने र नेवार समाज तथा नेपालभाषाको विकासका लागि विशेष योगदान दिने आठ विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिने भएको छ।

चौथो विश्व नेवार दिवस नेपाल ११४१ आयोजक समितिका प्रचार–प्रसार संयोजक नविन जोशीले लोकप्रिय गायक स्वर्गिय रमेश ताम्राकारको सम्झनामा स्थापित नगद राशी सहितको पहिलो पुरस्कार प्रदान गरिने कार्यक्रम पनि रहेको छ। त्यस्तै, नेपाल र चीनको दुवै मोहडावाट विश्वको अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेर वल्र्ड बुक अफ रेकर्डमा कीर्तिमान कायम गर्न सफल नेपाली छोरी पर्यटन पत्रकार कल्पना महर्जनलाई नगदराशी सहितको विशेष सम्मान प्रदान गरिने भएको छ।

प्रचार प्रसार संयोजक जोशीले नेवार दिवसमा विश्वका नेवार : चुनौति र अवसर विषयमा वहस कार्यक्रम पनि हुने वताएका छन्। वहसमा नेवार अगुवाहरुल मल्ल के सुन्दर, परराष्ट्रविद हिरण्यलाल श्रेष्ठ र डाक्टर महेशमान श्रेष्ठ प्रमुख वक्ता रहेका छन्। सन् २०१८ देखि मार्च महिनाको अन्तिम शनिवार विश्व नेवार दिवस मनाउने घोषणा अनुरुप प्रत्येक बर्ष विश्व नेवार दिवस मनाउने कार्य हुंदैआएको जानकारी पनि आयोजक समितिले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *