सिन्धुपाल्चोकमा पत्रकारको बाम गठबन्धन विजयी

maitrinews

 

सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकमा बाम गठबन्धको प्यानल विजयी भएको छ । मतगणनामा बाम गठबन्धनबाट उठ्नुभएका जीवन श्रेष्ठ अध्यक्षमा विजयी हुनुभएको छ ।

श्रेष्ठले प्रेस युनियनबाट उम्मेद्वारी दिनुभएकी प्रतिद्वन्द्वी दुर्गा आचार्यलाई १६ मतले पछि पार्दै विजयी हुनुभएको हो । श्रेष्ठको पक्षमा ५६ मत प्राप्त हुँदा आचार्यले ४० मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा दिनेश थापा, महिला उपाध्यक्षमा चन्द्रकला खत्रि, सचिवमा विदुर आचार्य, सहसचिव समावेशीमा केदार माझी, सहसचिवमा नानीराम नेपाल, कोषाध्यक्षमा नेत्रप्रसाद पौडेल विजयी हुनुभएको छ ।

त्यसैगरी महिला सदस्यमा गोमा खत्रि, खुल्ला सदस्यमा दिपक खत्रि, देवराज सुवेदी, प्रभात श्रेष्ठ, दिनेश दुलाल र अशोक पराजुली विजयी हुनुभएको छ ।

जिल्लाबाट केन्द्रीय परिषद सदस्यमा ज्ञानेन्द्र तिमिल्सीना र प्रमोद न्यौपाने विजयी हुनुभएको छ । पत्रकार महासंघ सिन्धुपाल्चोकमा ९७ जना सदस्य आबद्ध छन् ।