विकल्पमा ओली नेतृत्वको सरकार आउने संभावना

Smrit

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(२) अनुसार बहुमतको सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गरेकी छन् । राष्ट्रपतिले आगामी बैशाख ३० गते बिहान ९ बजेभित्र बहुमतसहित प्रधानमन्त्रीको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमवार संसदवाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त भएका थिए। प्रधानमन्त्री ओली पदमुक्त भएपछि बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीवाट दलहरुलाई दाबी पेश गर्न आव्हान गरेकी हुन्। नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको नयाँ सरकार गठन गर्ने तयारी देखिएतापनि ११ सांसद संख्या अपुग देखिन्छ।

तीन पार्टीले जारी गरेको वक्ततव्यको मतभार अनुसार, नेपाली कांग्रेस–६१, माओवादी केन्द्र–४९, जसपा (उपेन्द्र–बाबुरामपक्ष)–१५ सहित कुल संख्या १२५ मात्र पुगेको छ। जब कि, संविधानको धारा ७६(२)अनुसार मिलिजुली नयाँ सरकार गठन गर्न चाहिने संख्या –१३६ रहेको छ। नपुग संख्या ११ रहेको छ।

विहीवार बिहान ९ बजेसम्म पनि नेपाली कांग्रेसले यो संख्या पुरयाउन नसकेमा विकल्पमा संविधानको धारा ७(३) को सरकार गठन हुने प्रावधान रहेको छ। धारा ७(३) ले संसदमा रहेको एक नंबरमा रहेको दलले सरकार गठन गर्ने मौका पाउने छन्। संसदको एक नंबरको दल नेकपा एमाले नै भएको कारण घुमीफेरि केपी शर्मा ओली नेतृत्वकै सरकार आउने संभावना व्यापक देखिएको छ।