अन्तरिक्षयात्री क्रिस्टिनाले रचित नयाँ इतिहास

maitrinews

 

अमेरिका । अमेरिकी अन्तरिक्ष निकाय नासाकी क्रिस्टिना कुकले महिलाले गरेको अहिलेसम्मकै लामो अन्तरिक्षयात्रा पूरा गरेकी छन्।

कुक चढेको रुसी सोयुज अन्तरिक्षयानले गत साता शुक्रवार जीएमटी ९स्१२ बजे काजकस्तानको मैदानमा अवतरण गरेको थियो।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र ९आईएसएस० मा ३२८ दिन बिताएर उनले यसअघि अमेरिकाकी अन्तरिक्षयात्री पेगी विट्सनको कीर्तिमान भङ्ग गरेकी हुन्।

कुकको कीर्तिमान अमेरिकाका पुरुष अन्तरिक्षयात्री स्कट केलीको भन्दा १२ दिनले कम छ। केलीले सन् २०१५(२०१६ मा रुसका अन्तरिक्षयात्री मिखाइल कोर्निएन्कोसँगै ३४० दिन अन्तरिक्षमा व्यतीत गरेका थिए।

ूम यति बेला एकदमै भावविह्वल र खुसी छु,ू अवतरण गरेको केही समयपछि संवाददाताहरूसँग कुरा गर्दै कुकले भनिन्।

यसअघि गत वर्ष डिसेम्बर २८ मा पृथ्वी फर्किँदा विट्सनले एउटै यात्रामा २८९ दिन अन्तरिक्षमा बिताएर महिलातर्फ कीर्तिमान राखेकी थिइन्।

तर तीनवटा यात्राका क्रममा उनले सर्वाधिक लामो समय अन्तरिक्षमा व्यतीत गरेकी छन्। उनी सन् २००२ मा पहिलो चोटि अन्तरिक्षमा गएकी थिइन्।

यो अभियानमा कुकले ५,२४८ पटक पृथ्वीको परिक्रमा गरिन्।

त्यो क्रममा उनले २२ करोड ३० लाख किलोमिटर यात्रा गरिन्। त्यो दूरी पृथ्वीबाट चन्द्रमा २९१ चोटि ओहोरोदोहोर गरेजति हो।

सोयुज अन्तरिक्षयानमा कुकसँगै इटालियन यूरोपियन स्पेस एजेन्सीका लुका पार्मिटानो र रुसका अलेक्सान्डर स्क्वोर्त्सोफ पनि फर्किएका छन्।

कुकसहित तीन अन्तरिक्षयात्री काजकस्तानमा अवतरण गर्दा स्थानीय मानिसहरू उनीहरूलाई हेर्न भेला भएका थिए
कुकसहित तीन अन्तरिक्षयात्री काजकस्तानमा अवतरण गर्दा स्थानीय मानिसहरू उनीहरूलाई हेर्न भेला भएका थिए

तीन अन्तरिक्षयात्री काजकस्तानमा अवतरण गर्दा स्थानीय मानिसहरू उनीहरूलाई हेर्न भेला भएका थिए

क्रिस्टिना कुकले गत मङ्गलवार आईएसएसबाट गरिएको प्रत्यक्ष प्रसारणमा आफ्ना नायकका पाइला पछ्याउनु नै गौरवको कुरो भएको बताएकी थिइन्।

उनले नयाँ पुस्ताका अन्तरिक्ष अन्वेषकहरूलाई उत्प्रेरणा दिने आफ्नो चाहना भएको बताएकी थिइन्।