डान्स क्लबमा नायक–नायिकाको “विहे भा छैन”

काठमाडौं। पछिल्लो पुस्ताका नायक–नायिकामा प्रेम–रोमान्सका कारण चर्चाको शिखरमा रहेका नायक–नायिका जोडी आकाश श्रेष्ठ र पूजा शर्माको डान्सिङ नम्बर सार्वजनिक भएको छ। विजया दशमीको अवसर पारेर आकाश र पूजाले जोशका साथ क्लबमा नृत्य गरेको बिहे भा छैन बोलको डान्सिङ नम्बरको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

गीत म्युजिक भिडियोसहित संगम सिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यसको म्युजिक भिडियो रिलीजमा आएलगत्तै दुई लाख ६० हजार बढीले हेरिसकेका छन् भने दर्शकले यसको तारिफ गर्दै सकरात्मक प्रतिक्रिया व्यक्त गरिरहेका छन्।

डान्स क्लबमा खिचिएको गीतको म्युजिक भिडियोलाई यसका निर्देशक तथा लोकप्रिय कोरियोग्राफर कविराज गहतराजले फिल्मी गीत शैलीको रुप दिएका छन्। उनले आकाश र पूजालाई भरपूर मनोरञ्जक शैलीले प्रस्तुत गरेका छन् भने दीपकराज सुनारले त्यस्तै ढंगले नचाएका छन्।

पारस कायस्थको कन्सेप्टमा तयार भएको म्युजिक भिडियोमा छायांकन सुदीप बराल, सम्पादन अर्जुन बिसी र भिएफएक्स सत्यम राणाको रहेको छ। गीतमा शव्द रचना एसपी सापकोटाको रहेको छ।  कर्म नामक एलबममा संगृहित यो गीत अर्जुन सुनाम र सिर्जु अधिकारीले गाएका छन्। संगीत हरि लम्साल र संगीत संयोजन सरोज श्रेष्ठको रहेको छ।

 

प्रकाशन मिति–२०७८ साल असोज २५ गते सोमवार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *