अब एमालेका सबै जनवर्गीय संगठन मूल्यवृद्धि विरुद्ध सडकमा

काठमाडौँ । गठबन्धन नेतृत्वको सरकारले पछिल्लो समय अस्वाभाविक मूल्यवृद्धि, मल अभाव र पुस्तक अभावजस्ता जनसरोकारका विषयमा ध्यान नदिएको भन्दै प्रमुख विपक्षी नेकपा (एमाले) ले अब ती विषयमा सम्वोधन गर्न सरकारलाई बाध्य पार्ने तयारीसहित जनवर्गीय संगठनहरूलाई सडक आन्दोलनमा उतार्ने तयारी गरेको छ ।

एमाले जनसंगठन समन्वय संयन्त्रको बिहीबार पार्टी कार्यालयमा बसेको बैठकले जनताको दैनिक समस्या विकरल बन्दै गएकाले सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय गरेको हो ।

संयन्त्रकी सहसंयोजक रचना खड्काले एक वर्षभित्रमा मूल्यवृद्धि तेब्बरसम्म भएको र सर्वसाधारणको जीवन कष्टकर बन्दै गएकाले आन्दोलनमा जानुको विकल्प नरहेको बताउनुभयो । त्यस्तै राष्ट्रियताको मुद्दामा समेत सरकार आत्मसमर्पणवादी भएकाले खबरदारी गर्नुपर्ने भएको एमालेको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *