नेकपा एसका चार मन्त्रीसहित १० सांसदको विद्रोहको धम्कीले, माधव नेपाल संकटमा

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका चार मन्त्रीसहित १० सांसदले विद्रोहको संकेत गरेपछि नेतृत्व थप समस्यामा परेको छ । बर्तमान मन्त्रीहरु प्रेम आले, रामकुमारी झाँक्री, विरोध खतिवडा र किशान श्रेष्ठसँगै धनबहादुर बुढा, निरा जैरे, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण र विनादेवी बुढाथोकीले अध्यक्ष माधवकुमार नेपाललाई संयुक्त हस्ताक्षर गर्दै ८ बुँदे ध्यानाकर्षणपत्र बुझाएपछि पार्टीमा थप समस्या परेको हो । उनीहरुले आठ बुँदेमा संसदीय दलको बैठकको पनि माग गरेका छन् ।
के छ आठ बुँदे ध्यानाकर्षण पत्रमा
१) आगामी आर्थिक वर्ष २०७९–८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासी मन्त्रीमण्डल पूनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न ।
२) पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउछौं भनेर नेतृत्वलाई मन्त्रीहरूले दिएको विश्वासमा ठेस पुरयाउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन ।

३) स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठवन्धनमा रहेका दलहरुसंग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निश्कर्ष विपरित पटक पटक आजैरभोलि नयाँ मन्त्रीहरूलाई सपथ गराउन प्रधानमन्त्रीलाई दिएको दवाव किमार्थ राम्रो मान्न सकिन्न ।

४) मन्त्रीहरूले संसदमा बजेट सम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छोड्ने छौं, भन्ने प्रतिबद्धतालाई कमजोरी ठानियो, यो व्यवहार प्रति हामी गम्भिर छौं ।

५) प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ । यसप्रति हामी गम्भीर असहमत छौं ।

६) पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सहि मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागीता नभएको, गैह सांसद र एकै जिल्लाबाट दुईजना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं ।

७) मन्त्रीमण्डल पुनर्गठन गर्दा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिश गर्न जोडदार माग गर्दछौं। यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं ।

८) यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *