रामेछापमा बस दुर्घटना, ९ जनाको मृत्यु

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । रामेछापको सुनापति गाउँपालिका– २ हिलेदेविबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस लुभुघाट नजिकै दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको रामेछाप प्रहरीले जानकारी दिएको छ । बस सडकबाट ४३ मिटर तल खसेको थियो । बसमा करिब ३० जना यात्रुलाई सवार थिए । २४ जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *