समाजबादी केन्द्र बन्दैन, काँग्रेससँगै मिल्ने होः प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नटुट्ने बताउनु भएको छ । प्रेस सेन्टरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले काँग्रेससँगको गठबन्धन टुटेर अर्को बन्छ कि भन्ने भ्रमबाट मुक्त आग्रह समेत गर्नुभयो । उहाँले अहिले चर्चामा आएको समाजवादी केन्द्र तत्काल बन्ने सम्भावना नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले स्थानीय तहको निर्वाचनमा मीठो अनुभव नभएको भन्दै प्रदेश र संघमा त्यसबाट शिक्षा लिएर राम्रो तयारीका साथ अघि बढ्ने बताउनुभयो । नेपाली कांग्रेस शक्तिको हिसाबले अलिकति ठूलो भएको भन्दै स्वतः नेतृत्व कांग्रेसको कुरालाई अस्वीकार गर्न नसकिने भन्दै अवको निर्वाचनमा गठबन्धनभित्र सबैलाई फाइदा हुने गरी जानुपर्नेमा जोड दिनुभयो । ‘ ठूलो पार्टीको नाताले नेपाली कांग्रेस उदार र जिम्मेवार हुनुपर्र्छ,’ उहाँले भन्नुभयो, ‘हामी सबैको तागतले यो सरकार बनेको हो । त्यसैले कसैले पनि एकलौटी गर्न खोज्नु हुँदैन ।’ गठबन्धनमा रहेका वामपन्थीहरुबीच एउटै चिन्ह र घोषणापत्र लिएर चुनावमा जाने विषयमा छलफल भइरहेको भन्दै तर, समाजवादी केन्द्र बनाइहाल्ने सम्भावना नरहेको थप स्पस्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *