धम्मावती गुरूमाको ८९औं जन्म दिनको अवसरमा ‘मुटु जाँच शिविर’ सम्पन्न

काठमाडौँ । धम्मावती गुरूमाको ८९औं जन्म दिनको उपलक्ष्यमा डियर हेल्थ ट्रष्टको आयोजनामा ‘मुटु जाँच शिविर’ सम्पन्न भएको छ ।

कार्डियोलोजिष्ट डाक्टर स्मृति शाक्यको संयोजकत्वमा डाक्टरहरूको समुहले भिक्षुणी (गुरूमा) हरूको ईको, ईसिजी लगाएत अन्य मुटुको परिक्षण, सुगरलगायतको टेष्टहरू गरिएको थियोे ।

धम्मावती गुरूमाको मुटुको परिक्षणबाट शुभारम्भ भएको उक्त शिविरमा बागमती प्रदेशका सांसद एवं पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, पूर्वराजदूत डा. अञ्जान शाक्यलगायत उपस्थित हुनुहुन्थ्यो । उत्त शिविरमा करीब ५० जना भिक्षुणीहरू सहभागी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *