पहिलो दल काँग्रेसलाई सम्पेर आफू दोस्रोमा चित्त बुझाउने असफल रणनीतिमा प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई आफ्नोसहिहत पहलमा पहिला पार्टी बनाउने खुलासा गर्नुभएको छ । माओवादी केन्द्रको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षणमा सम्वोधन गर्दै उहाँले आफ्नो पार्टी दोस्रो बन्ने तर देशको बागडोर आफ्नो हातमा लिने गरी अगाडि बढेको बताउनु भएको छ । यो भनेको गठबन्धन गरेर भए पनि काँग्रेसलाई पहिलो दल बनाउने उहाँको मनसाय प्रष्ट देखिन्छ ।

‘आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने देखिएको छ,’ उहाँले भन्नुभयो, ‘कम्युनिस्ट शक्तिहरूमा माओवादी केन्द्र पहिलो बनाउने गरी हामी लागेका छौँ ।’ उहाँले नेकपा (एमाले) माओवादीका लागि प्रमुख बाधक रहेको खुलासा समेत गर्नुभयो । ‘कम्तीमा पनि लेफ्ट मोमेन्टको पहिलो हुने हो, मैले कांग्रेसका नेताहरूलाई पनि भनेको छु । अहिले सायद पहिलो तपाईँहरू नै हुनुहुन्छ । त्यो देखिन्छ पनि । दोस्रो चाहिँ माओवादी केन्द्र हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘त्यसमा सहयोग गर्ने हो, भने सबै सहज जान्छ, होइन भने जाँदैन ।’

उहाँले यस विषयमा गठबन्धन दलका नेतृत्वमा समझदारी रहेको पनि बताउन भ्याउनुभयो । उहाँले व्यक्तिगत रूपमा आफ्नो यो निर्वाचन ‘लास्ट इनिङ’ रहेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *