एमाले निकट पर्यटन व्यवसायी संगठनको अध्यक्षमा पूर्णबहादुर वरिष्ठ उपाध्यक्षमा राजेन्द्र

काठमाडौं । नेकपा (एमाले) निकट पर्यटन व्यवसायी संगठनको अध्यक्षमा पूर्णबहादुर कुँवर र वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सापकोटा चयन हुनुभएको छ । संगठनको तेस्रो एकता महाधिवेशनबाट एक सय एक सदस्यीय केन्द्रीय कमिटी चयन भएको हो । नयाँ नेतृत्वको महासचिवमा एमबहादुर खड्का, उपमहासचिवमा नवाङ निमा शेर्पा र श्रीकान्त आचार्य र सचिवहरुमा दीपक दाहाल, जीवनराज सापकोटा, प्रदीप आचार्य, जया बराल र प्रह्लाद लोहनी चयन हुनुभएको छ । कोषाध्यक्षमा लिला बहादुर लामा तामाङ चयन हुनुभएको छ ।

उपाध्यक्षहरूमा प्रदेश १ बाट टीकाराम गुरुङ, मधेस प्रदेशबाट सुधीर कुमार उपाध्याय, गण्डकी प्रदेशबाट केदारनाथ शर्मा, सुदूरपश्चिम प्रदेशबाट महेश भट्टराई, कर्णाली प्रदेशबाट लंकबहादुर शाही र लुम्बिनी प्रदेशबाट सागर अधिकारी चयन हुनुभएको छ । राम सापकोटा, जीवन थापा मगर, रुद्र प्रसाद तिमील्सिना, प्रकाश सापकोटा, साङ्गे लामा, विनोद सापकोटा, राम खड्का, माया शेर्पा, टासी ल्यामो शेर्पा, फुरी ग्याल्जेन शेर्पा, वान्चु शेर्पा, मुक्ती पाण्डे, चिरञ्जीवी पोखरेल, हरि भुजेल, कृष्ण प्रसाद दाहाल लगायत लगायतको केन्द्रीय कमिटी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *