गठबन्धनको सरकार देशको लागि अभिसापः अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा बनाइएको संसदीय छानबिन समिति र त्यसले बुझाएको प्रतिवेदनमाथि आलोचना गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रमा सम्वोधन गर्दै अध्यक्ष ओलीले यस्तो आलोचना गर्नुभएको हो । उहाँले अर्थमन्त्री जनार्दन शर्मालाई उन्मुक्ति दिन गठबन्धनमा रहेका दलहरूले २२ असारमा गठन भएको ११ सदस्यीय समितिमा एमालेलाई अल्पमतमा पारेर अर्थमन्त्रीलाई निर्दोष देखाउने गरी आफु अनुकूल हुने गरी समिति बनाएको उहाँको आरोप थियो ।

‘जसलाई चाहिएको त्यसलाई अल्पमतमा राखेर गठबन्धनमा बहुमत राख्ने गरी छानबिन समिति बनाउनु भनेको गठबन्धनको भनाइ अनुसार निष्कर्ष निकाल्नका लागि थियो,’ उहाँले भन्नुभयो, ‘सरकारले गम्भीर गल्ती गर्दा पनि त्यसको प्रभावकारी छानबिन हुन सकेन ।’

उहाँले एमालेले आगामी निर्वाचनमा सानदार बहुमत ल्याएर सरकार बनाउनु पर्नेमा जोड दिदैँ भन्नुभयो– ‘यो देश बचाउनु छ ,जोगाउनु छ । बजेट निर्माण गर्दा देश मारा काम भएको भन्दै ओलीले ढुकुटीमारा काम र अनैतिक आपराधिक काम गर्नेलाई निष्पक्ष छानबिन गर्न सरकारले नचाहेको उहाँको आरोप थियो । ‘सरकारले छानबिन समितिमा पनि बहुमत र अल्पमतको खेल खेल्यो,’ उहाँले भन्नुभयो,’ ‘देशका विरुद्ध अपराध भएको छ । ७ जना आफ्नो पक्षका सांसद राखेर हुन्छ वा हुन्न भन्ने त संसदमा पनि भने भइहाल्छ नि त्यहाँ पनि गठबन्धनको बहुमत छदै छ’ आक्रोशित हुँदै ओलीले भन्नुभयो,’ ‘११ जनाको समिति बनाएर ७ जना आफ्नो राखेर हुन्छ हुन्न भन्ने हो रु यो तथ्यमा आधारित रिपोर्ट होइन । नेपाली जनताले अस्वीकार गर्नुपर्छ ।’

अध्यक्ष ओलीले फुटेज मेटाउने र कल डिटेयल हेर्न मिल्दैन भन्ने कुराले समितिकै काम प्रति शंका उब्जिएको बताउनुभयो उहाँले गठबन्धनको सरकार देशको लागि अभिसाप भएको समेत टिप्पणी गर्नुभयो । त्यसले राष्ट्रियता कमजोर पारिहरेको र लोकतन्त्रलाई कमजोर पारेको उहाँको भनाई थियो । ‘यो ढाँटहरूको, कर छलीहरूको गठबन्धन हो,’ उहाँले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *