प्रधानमन्त्री देउवापत्नी आरजुको घिडघिडोले अर्थमन्त्रालयमा शर्माको कमब्याक !
काठमाडौँ । पूर्व अर्थमन्त्री जनार्दशन शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी अध्यक्ष प्रचण्डको रोजाईमा परेपछि विवादको दाग नमेटाई पुनः अर्थमन्त्रालयको नेतृत्वमा फर्किने निश्चित भएको छ । करको दर हेरफेर प्रकरणमा अनधिकृत व्यक्तिको संलग्नता गराएको आरोपपछि सर्वत्र विरोधको सामना गर्दै राजीनामा दिन बाध्य शर्मालाई बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको मात्रै होइन त्यसको प्रमाणको रुपमा रहेको उक्त दिनको सीसीटीभी फुटेजसमेत डिलिट गरेको आरोप लागेको थियो ।
तर, पुनः अर्थमन्त्री बनाउने देउवा र प्रचण्डको घिडघिडोले शर्माको कमब्याक निश्चित भएको हो । विवादमा आएपछि उहाँको विषयमा छानविन गर्न संसदीय समिति नै बनेको थियो । तर, सत्तापक्षको बहुमत रहेको सो समितिमा सत्ता पक्षका सांसदले देउवा–प्रचण्ड र अझ त्यसमा पनि देउवापत्नी आरजु राणाको सामू घुँडा टेकेपछि छानविन समितिको प्रतिवेदन निम्छरो बनाउँदै शर्मालाई सुनपानी छर्किने काम भएको थियो ।
११ सदस्यीय समिति नै सेटिङ गरेर शर्मालाई चोख्याउने गरी बनाएपछि प्रतिपक्ष दल नेकपा (एमाले)का चार सांसद निरीह बन्न बाध्य हुनु परेको थियो । विवादित व्यक्तिसँग सोधपुछ गर्ने, कलडिटेल मगाउने जस्ता कुराले दोषी पत्ता लाग्ने र शर्मा दोषी ठहरिने निश्चित भएपछि समितिले त्यतातिरको कसरत नै गरेको थिएन । अझ आरजुको सेटिङ अनुसार काम गर्ने शर्मालाई जसरी पनि पुःन अर्थमन्त्री बनाई छाड्ने आराजुको ढीपीपछि ढुक्क बन्नुभएका शर्मा पनि संसदीय विशेष छानबिन समिति गठनपछि असार २२ गते पदबाट राजीनामा दिएका शर्माले पुनः सरकारमा फर्किन दिन कुरेर पुल्चोकस्थित मन्त्री क्वार्टरसमेत छाड्नु भएको थिएन ।
राजीनामापछि पनि अर्थमन्त्री नियुक्त नगरी प्रधानमन्त्री स्वयंले राख्नुको कारण पनि आरजुको योजना अनुसार शर्मालाई फर्काउने पूर्व समझदारीअनुरुप नै रहेको स्रोतले जानकारी दिएको छ । माओवादी स्थायी कमिटी बैठकबाट जनार्दनलाई पुनः अर्थमन्त्री बनाउने निर्णय गरी सपथ खुवाउने योजना अनुसार नै प्रचण्डले आज प्रधानमन्त्री देउवालाई नाम बुझाएको बुझिएको छ ।
