चौतीस सय ९६ जना सवारीचालक ट्राफिक कारवाहीमा
काठमाडौं : काठमाण्डौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ३ हजार ४९६ जना चालकहरूलाई कारवाही गरेको छ ।
हिजो उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २७५ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १९५ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १३४ जना, ढोका खुल्लै राखेर सवारी चलाउने १३४ जना र मदिरा पिएर सवारी साधन चलाउने १२९ जना सवारी चालक रहेका छन् ।
त्यस्तै अवस्था ठिक नभएका सवारी साधन चलाउने ११६ जना, लेन उल्लङ्घन गर्ने १११ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७३ जना, तीव्र गतिमा सवारी साधन चलाउने ६५ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ५२ जना चालक पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
