विद्यालय हिँडेका तीन बालक बेपत्ता पछि मुम्बइमा भेटियाे
रूपन्देही : बुटवलबाट विद्यालय हिँडेका तीन बालक बेपत्ता मुम्बइमा भेटिएका छन् ।
बुटवल-११ दुर्गानगरका १५ वर्षीय सागर पौडेल र समीर लम्साल तथा १४ वर्षीय प्रदीप पन्थी शुक्रबार बिहान विद्यालय जान भनी घरबाट हिंडेका थिए ।
तर, उनीहरू त्यस दिन साँझसम्म घर नफर्केपछि परिवारसँग सम्पर्कविहीन भए । कसैको पनि सम्पर्कमा नभएपछि उनीहरू बेपत्ता भएकाे भन्दै परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिए ।
निवेदनपछि प्रहरीले खोजी सुरु गर्यो तर, सम्पर्कविहीन भएका तीनै जना बालक मुम्बइ पुगेको पत्ता लाग्यो ।
विद्यालय जान्छु भनेर हिंडेका उनीहरू मुम्बइमा आफन्तकोमा भेटिएको रुपन्देही प्रहरीले जनाएको छ ।
उनीहरू आफैं मुम्बई गएका हुन् वा अरु कसैले लगेको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।
