झापामा अस्पतालको भवन निर्माण ठेक्का अलपत्र

झापा : झापामा बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ ।

धुलिखेल निर्माण सेवाले बिर्तामोडस्थित नगर अस्पतालको भवन निर्माणको ठेक्का लिएको र सम्झौता अवधि सकिँदा समेत कार्य सम्पन्न नभएको भन्दै पत्राचार गरेको हो ।

उक्त भवनमा प्लोरिङ, विद्युतीकरण (वाइरिङ), झ्यालढोका, रङरोगन, प्लम्बिङलगायतको काम समेत बाँकी रहेको बताइएको छ ।

जिल्ला प्रशासनले तीन दिनभित्र कार्यप्रगति नदेखिए सार्वजनिक खरिद ऐन, २०६४ अनुसार धरौटी जफत गरी कारबाही प्रक्रिया अघि बढाइने पत्रमा उल्लेख गरिएको बताएको छ ।

निर्माण कम्पनीले विसं २०७९ असार १ गते भवन निर्माण सम्पन्न गर्ने गरी २०७७ असार ८ गते रु पाँच करोड ५० लाख सात हजार सात सय ६० मा ठेक्का सम्झौता गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *