२ दिने सेल्फ डिफेन्स प्रशिक्षण दशरथ रंगशालामा हुँदै
काठमाडौं : मंगलबार र बुधबार नेपाल मार्शल सेल्फ डिफेन्स संघले अन्तर्राष्ट्रिय सेल्फ डिफेन्स सेमिनार तथा हिमालयन हल अफ फेम २०२२ गर्ने भएको छ ।
उक्त संघ २०७२ सालमा स्थापना भई विद्यालय तहका बालिकाहरुलाई सेल्फ डिफेन्स सिकाउँदै आइरहेको हो ।
सेमिनारमा सेल्फ डिफेन्स तालिम समेत दिईने साथै रुची भएका विद्यालय तहका बालिका तथा किशोरीले तालिममा सहभागी हुन पाउने संघले बताएको छ ।
आयोजकका अनुसार तालिम मंगलबार साढे १२ बजेदेखि दशरथ रंगशालाको कबर्ड हलमा हुने जनाएको छ ।
