जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
झापा : जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले झापाबाट एकजनालाई पक्राउ गरेको छ ।
३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा विर्तामोड नगरपालिका–२ बस्ने २० वर्षीय डम्बर तिम्सिनालाई प्रहरीले पक्राउ गरेको हो ।
दमकतर्फ जान लागेकी ती महिलालाई डम्बरले सोही ठाउँस्थित सिसौ घारीमा लगेर सोमबार जबरजस्ती करणी गरेकोले पक्राउ गरेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले तिम्सिना माथि आवश्यक अनुसन्धान गरिरहेको छ ।