नागरिक संलग्नतामा बाल सहभागिताको खोजी बिषयक अन्तरसंवाद सम्पन्न

काठमाडाैं : बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समुह कन्भएसोर्टियम नेपालले नागरिक संलग्नतामा बाल सहभागिता विषयक राष्ट्रिय अन्तरसंवाद गरेको छ ।

सातै प्रदेशबाट उपस्थित बाल अधिकारको क्षेत्रमा कार्यरत संस्थाहरुका प्रतिनिधिहरू बीच अन्तरसंवाद सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बाल सहभागिता र नागरिक संलग्नताको सम्बन्धमा आयोगले प्राथमिकताका साथ सहजिकरण गर्ने बताए ।

कार्यक्रममा कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दंगाालले नागरिक संलग्नतामा बाल सहभागिताको खोजी नयाँ विषय भएकाे र यसलाई अभियानको रुपमा थालनी गरिएको बताए ।

नागरिक संलग्नतामा बाल सहभागिता विषयक कार्यपत्र प्रस्तुत गर्दै बालबालिकाको राजनीतिक पहिचानका साथै राज्यका सम्पूर्ण निकायहरुको निर्णय प्रकृयामामा उनीहरुको अर्थपूर्ण सहभागिताको खोजी गरिएको थियो ।

यसका लागि बालबालिकाकाे एक स्वतन्त्र संगठनको आवश्यकता महशुस गर्दै राष्ट्रिय बाल पैरवी परिषद्को परिकल्पना गरिएको थियो ।

सहभागिहरुले परिवर्तित राजनीतिक व्यवस्थामा बालबालिकाको नागरिक संलग्नता अझै खुम्चिएको हुँदा बालबालिकाकाको नेतृत्वमा संगठनको निर्माण गरी रचनात्मक र सकारात्मक दवाव दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागीहरुले बालबालिकाको समुहले सार्वजनिक विषयमा आफ्ना धारणा राख्न, विमति जनाउन पाउने उनीहरुको प्रजातान्त्रिक अधिकार रहेको बताएका थिए ।