राजनीतिक दलहरुलाई यस्तो छ, सातै प्रदेशका बालबालिकाको सुझाव

काठमाडौं : नेपालकाे सातै प्रदेशका भाईबहिनिहरुकाे प्रतिनिधित्व रहेकाे बाल पैरवी परिषद्ले राजनीतिकदलहरूलाई सुझाव पत्र बुझाएको छ ।

राजधानीमा कन्साेर्टियम नेपालले गरेकाे एक कार्यक्रममा आसन्न आम निर्वाचनकाे सन्दर्भमा राजनीतिक दलहरुसँग अन्तरसंवाद गर्दै सुझावहरु बुझाएकाे हाे ।

आउदो मंसिर ४ गते संघ र प्रदेशकाे निर्वाचन हुदैछ ।
निर्वाचनका लागि राजनितिक दलहरुले आ-आफ्नो घाेषणाापत्र तयार गर्ने कार्य पनि गरिरहेकाे सन्दर्भमा बाल पैरवी परिषद्ले बालबालिकाकाे सवालहरु समावेश गरि सुझावहरु बुझाएकाे हाे ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालिले बालबालिकाका सवालमा पार्टी निकै संवेदनशील रहेकाे र निर्वाचनका कुनैपनि गतिविधिहरुमा बालबालिकाकाे दुरुपयोग नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

साथै नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले निर्वाचनमा बालबालिकाकाे दुरुपयोग पार्टीको नीति विपरित रहेकाे र घाेषणापत्रमा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्ने बताउनुभयाे ।

कन्साेर्टियम नेपालका अध्यक्ष माेहन दंगालले बालबालिकाका सवाल राजनीतिक दलकाे नजरमा कम प्राथमिकतामा पर्ने भएकाले नागरिक समाज यसकाे निरन्तर पैरवीमा लाग्ने बताउनुभयाे ।

निर्वाचन निरगरानि समुहका संयाेजक डा. कृष्ण सुवेदीले बालबालिका र विद्यालयलाई कुनै पनि प्रकारकाे राजनितीक दुरुपयोग हुन नहुनेमा जाेड दिनुभयाे । कार्यक्रममा बाल पैरवी समुहका सदस्य भाइबहिनीहरुले सामुहिक रुपमा सुझावहरु प्रस्तुत गर्नुभएकाे थियाे ।