एमाले सचिवालय बैठक अध्यक्ष ओली निवास बालकोट (तस्बिरसहित)

केपी शर्मा ओली

काठमाडौं, असोज १३ । नेकपा (एमाले) को सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसिरहेको छ । बैठकमा चुनावी घोषणपत्र र निर्वाचनसँग सम्वन्धित विषयमा केन्द्रित हुने एमाले उपमहासचिव विष्णु रिमालले मैत्रीन्युजलाई जानकारी दिनुभयो ।

‘बैठकमा मंसिर ४ गते हुने निर्वाचनको तयारी, घोषणपत्रलगयतका बारेमा छलफल गर्ने तयारी भएको छ,’ उहाँले भन्नुभयो । टिकट वितरण लगायतबारे छलफल हुने एमाले स्रोतले जानकारी दिएको छ ।