नेकपा(एमाले) र जसपाबीच सीट तालमेल गर्ने र सहकार्य गर्ने सम्बन्धी सहमती (सहमती पत्र सहित)
काठमाडौं, २२ असोज । २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेद्वारहरुको सम्बन्धमा नेकपा(एमाले) र जनता समाजवादी पार्टी नेपालबीच तपसिल बमोजिमको सिट तालमेल गरी सहकार्य गर्ने सहमती भएको छ । । सहमतीको पूर्ण विवरण यसप्रकार रहेको छ । सहमती पत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गर्नु भएको छ ।

स्रोतका अनुसार सहमती पत्रमा हस्ताक्षर भैसकेपनि काठमाडौं क्षेत्र नं. ७ को प्रतिनिधिसभाको उम्मेद्वारका सन्दर्भमा भने आज दिउँसो २ बजे थप छलफल हुने र यस पछि मात्र सहमतीपत्रलाई अन्तिम टुंगो लगाउने बुझिएको छ ।
