इजरायली पर्वतारोही नादाभ बेन सहितका टोलीले अलपत्र पर्यटकहरुको उद्धार गरे ।

काठमाडौं, २६ असोज । हिमाल आरोहणलगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकलाई तत्काल उद्धार गर्न इजरायल बाट आएका उद्धारकर्तहरु र नेपाली सेनाले अन्नपूर्ण क्षेत्रका विभिन्न स्थानबाट विभिन्न देशका पर्यटकहरुलाई उद्धार गरेका छन् ।

अन्नपूर्ण क्षेत्र र नेपालको उत्तरी हिमाली भेगमा डरलाग्दो आँधीबेरीका कारण फसेका धेरै आरोहीहरुलाइ उद्धार गर्न र आपतकालिन स्वास्थ्य उपचार गर्नका लागि इजरायली क्याल इन्स्योरेन्स कम्पनीले पर्वतारोही नादाभ बेन यहुदा र मागन सारको टोली नेपाल पठाएको थिए ।

पर्वतारोही एवं उद्धारकर्ता नादाभ बेन यहुदाका अनुसार उहाँहरुले विभिन्न मुलुकका ६० जना पर्वतारोहीहरुलाई विभिन्न स्थानबाट सकुशल उद्धार गरेका थिए भने अरु उद्धार गर्न आएका टोलीहरु समेतले गर्दा १८० जना अलपत्र परेका पर्यटकहरुको उद्धार भएको थियो । उनका अनुसार मनागं, छामे, घाप, जोमसोम, धारापानी मनास्लुबाट उहाँ लगातका टिमले अलपत्र परेका पर्यटकको उद्धार गरेका छन्।

नादाभ बेन इजरायल स्थिति नेपाली राजदुतावासका सहयोगी एवं इजरायलमा इजरायल(नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष हुनुहुन्छ । उहाँ अन्नपूर्ण हिमाल सफलताका साथ आरोहण गर्ने पहिलो इजरायली हुनुहुन्छ । उहाँले ८००० मी. माथीका धेरै हिमालहरु चढिसकेका छन् । उहाँहरु उद्धार कार्यसम्पन्न गरी भोली इजरायल फर्कदै छन् ।

यसै सन्दर्भमा प्रतिकूल मौसमका कारण विभिन्न स्थानमा पर्यटक अलपत्र परेको अवस्था र उद्धारको कामबारे बुधबार छलफल भएको छ । पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले विपदमा परेका विदेशी नागरिक तथा पर्यटकलाई गरिएको उद्धार बारे जानकारी लिएका थिए ।

पर्यटन व्यवसायीहरुका अनुसार अहिले क्रमशः हिमाली भेगको मौसम सामान्य बन्दै जाँदा अलपत्र पर्ने सम्भावना भने कम छ ।

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का महासचिव विनोद सापकोटाका अनुसार पर्यटकीय गन्तव्यको मौसम क्रमशः अनुकुल बन्दै जाँदा पुनः गतिविधिहरु नियमित बनिरहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *