धनगढीमा मोटरसाइकल नालीमा खसेर चालकको मृत्यु
कैलाली, २८ असाेज । धनगढीमा मोटरसाइकल नालीमा खसेर एक जनाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगरापालिका–१३ कैलालीगाउँका ३१ वर्षीया दुर्गा ओझा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रनाउ बेदप्रकाश जोशीका अनुसार कैलालीगाउँ जाने भित्री सडकखण्डमा ओझाले चलाएको से६प ३९३६ नंको मोटरसाइकल नालीमा पल्टीएको थियो ।
उनको टाउको र अनुहारमा गहिराे चोट लागेको थियो । ओझाको माया मेट्रो अस्पताल धनगढीमा उपचारकाे क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।