चिया उद्योगमा आगलागी हुँदा ३० लाख रुपियाँको क्षति

काठमाडौँ, मंसिर १ । झापाको मेचीनगर नगरपालिका १५ ज्यामिरगढीस्थित नेचर हिमालय टी इन्डस्ट्रिज प्रालिमा आगलागी हुँदा करिब ३० लाख रुपियाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी सुवास बुढाथोकीका अनुसार आज दिउँसो १ः५० बजे उद्योगको मेसिनबाट अचानक आगो निस्किएर फैलिएको थियो । आगलागीबाट मेसिन तथा सुकाउन राखिएको चिया जलेर नष्ट भएको उहाँले जानकारी दिनुभयो ।

आगलागीको सूचना प्राप्त हुनासाथ ज्यामिरगढी र चारआली प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । मेचीनगर र भद्रपुर नगरपालिकाबाट आएका दमकल, प्रहरी तथा स्थानीयवासीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणमा लिइएको हो ।

करिब आधा घण्टाको प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । समयमै आगलागी नियन्त्रणमा आएकाले उद्योगमा थप क्षति हुनबाट जोगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *