साताको पहिलो कारोबार नेप्से ९.६९ अंकले ओरालो लाग्याे

काठमाडाैं, ३० असाेज । साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ९.६९ अंकले ओरालो लागेकाे छ ।

यस दिन नेप्से परिसूचक ९.६९ अंक घटेर १८६०.९४ विन्दुमा राेकिएकाे छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेकाे छ। यस दिन २२१ स्टकको १६ हजार ७७६ पटकको कारोबारमा ८० करोड ३५ लाख २५ हजार रुपैयाँ बराबरको २५ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन अभियान लघुवित्तको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ६६ रुपैयाँ ७० पैसा बढेर ७३४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ।

यसै दिनदेखि कारोबारमा आएको पिपुल्स पावर कम्पनीको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। कम्पनीको शेयरमूल्य यस दिन २८ रुपैयाँ ४० पैसा घटेर २५५ रुपैयाँ ७० पैसामा कारोबार भएको छ। त्यस्तै, यस दिन सिटिजन्स बैंकको मूल्य ७ प्रतिशत घटेको छ।

आइतबार बैंकिङ्ग र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ भने बाँकी उपसमूहको परिसूचक घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *