कारोबार रकम संगै नेप्से परिसूचक सामान्य अंकले घट्यो

काठमाडाैं, ३१ असाेज । साताको दोस्रो कारोबार दिन शेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ।
शेयर बजारमा अघिल्लो कारोबार १० अंक घटेर बन्द भएको थियाे भने यस दिन साढे २ अंक घटेर बन्द भएको छ। यस दिन नेप्से २.६१ अंक घटेर १८५८.३३ विन्दुमा झरेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ८० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २१९ स्टकको १३ हजार ६०९ पटकको कारोबारमा ५१ करोड ५८ लाख १८ हजार रुपैयाँ बराबरको १६ लाख ३१ हजार कित्ता शेयर कारोबार भएको छ।
नेप्से ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन अभियान लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन २ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
सोमबार १३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ७ उपसमूहको परिसूचक घटेको छ।