महालक्ष्मी विकास बैंककाे लकर सुविधा योजना
काठमाडौं, १ कार्तिक । महालक्ष्मी विकास बैंकले विशेष (महा बचत) खाता खोल्ने ग्राहकहरूका लागि लकर सुविधाको योजना सार्वजनिक गरेको छ।
बैंकले एक विज्ञप्ति जारी गर्दै चाडपर्वको अवसरमा यस्तो योजना सार्वजनिक गरेको हो।
बैंकका अनुसार यस योजनाअन्तर्गत कात्तिक र मंसिर महिनामा महा बचत खाता खोल्ने ग्राहकहरूले लकर सेवाको वार्षिक शुल्क (प्रथम वर्ष)मा शतप्रतिशत छुट प्राप्त गर्नेछन्।
बैंकका दरबारमार्ग, पुतलीसडक, न्यूरोड, भैरहवा र न्यूरोड (कास्की) शाखा कार्यालयहरूमा लकरको सुविधा रहेको जनाएको छ।

