आज भाइटीका(किजा पुजा), उत्तम साइत ११ :३७ बजे तर प्रायः नेवार समुदायको भने किजापुजा गर्न साईत हेर्ने चलन नरहेको ।

१० कात्तिक, काठमाडौं । नेपाल सम्वत् मनाएपछि भोलि पल्ट भाइटीका गर्ने परम्परा अनुसार आज घरघरमा भाइटीका गदै यो पर्व मनाउँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । तर नेवार समुदायमा भने रातो चामलको टीका मात्र लगाउने चलन रहेको छ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । टीका पछि भाइहरुले आफ्ना दिदी वा बहिनीलाई उपहार दिने चलन पनि आजभोलि चलिआएको देखिन्छ । शास्त्र अनुसार दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने छ । भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन्। किजा पुजा गर्न कुनै साईत भने चाहिंदैन । धेरै दिदी बहिनीहुनेहरुले उनीहरुको घर घरमा गई किजापुजा गर्न जाने भएकोले दिनभरी व्यस्त रहन्छन् ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेका लागि आज भने बालगोपालेश्वर मन्दिर खुला रहने छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। तर आज भोलि रानीपोखरीमा छठपर्व मनाईने हुँदा उक्त दिन र दर्शैको टिकाको दिनमा पनि खोल्ने चलन रहेको छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *