नेकपा एमालेले आज घोषणा पत्र सार्वजनिक गर्दै , अध्यक्ष ओलीसँग ‘लाइभ डिबेट’ गर्न पाइने

काठमाडाैं, १५ कात्तिक । नेकपा एमालेले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि
आज घोषणा पत्र सार्वजनिक गर्ने भएको छ।

पार्टीका केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार होटल याक एन्ड यतिमा कार्यक्रम गरी मंगलबार दिउँसो घोषणा पत्र सार्वजनिक गर्न लागेको हो।

उनकाअनुसार एमालेले घोषणा पत्र सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी रहेको छ। उक्त घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम राखिएको छ।

एमालले ‘समृद्ध नेपाल: सुखी नेपाली’को सङ्कल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *