उम्मेदवारले मंसिर १९ भित्र आमसभाको खर्च बुझाउन आयोगकाे निर्देशन, खर्च लेखापरीक्षकबाट परीक्षण हुने

काठमाडाैं, १६ कात्तिक । उम्मेदवारहरूले चुनावी खर्चको विवरण मंसिर १९ गते भित्र बुझाउनुपर्ने भएकाे छ । निर्वाचन आयोगले, कोणसभा, आमसभाको खर्च विवरण मंसिर १९ गतेभित्र बुझाउन उम्मेदवारलाई निर्देशन दिएको हाे।

आयोगले उम्मेदवारको चुनावी खर्चलाई अब दर्ता भएका लेखापरीक्षकबाट परीक्षण गराउने छ। आयोगले परीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट गराउने भएको हाे।

कानुनी व्यवस्थालाई व्यवहारिक कार्यान्वयनका निम्ति यसपटकबाट लेखापरीक्षण गर्न लागिएको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिए। ‘निर्वाचनमा हामीले तोकेको सीमा अनुसार उम्मेदवारको खर्च लेखापरीक्षकले जाँचबुझ गर्नेछन्,’ थपलियाले भने।

कात्तिक १७ गतेबाट कोणसभा तथा आमसभा गर्न पाउने छन्। उम्मेदवारले त्यस्ता सभाका खर्च मंसिर १९ गतेभित्र आयोगमा बुझाउनुपर्नेछ।

निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै गतिविधि गर्न आयोगले राजनीतिक दललाई निर्देशन दिएको छ ।आयोगले आचारसंहिताको पालनाबारे अनुगमन गर्न स्थानीय तहसम्म आवश्यक प्रबन्ध मिलाएको बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *