एमालेले आजबाट चुनावी अभियान शुरु गर्दै

नेकपा एमालेका अध्यक्ष ओली चुनावीसभालाई सम्बोधन गर्न दार्चुला जाँनुहुँदै

काठमाडाैं, १८ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्न जाँदै हुनुहुन्छ ।

उक्त कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली हिजै धनगढी पुग्नुभएको हाे । वहाँ सभालाई सम्बोधन गर्न केहीबेरमा सदरमुकाम खलङ्गा पुग्दै हुनुहुन्छ ।

अध्यक्ष ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान दार्चुलाबाट सुरु गर्दै हुनुहुन्छ ।

वहाँले बिहान ११ बजे खलङ्गामा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभाका उम्मेदवार गणेशसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले खलङ्गामा हुने कार्यक्रममा सहभागी भएर आजै बैतडी र कञ्चनपुरको आमसभालाई सम्बोधन गर्ने तय भएको बताइएको छ ।