लाेक गायक शंकर र बबिता बानियाँ ‘जेरी’ले गरे सम्बन्ध बिच्छेद

काठमाडाैं, २४ कात्तिक । लोक गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्रीले सम्बन्ध विच्छेद गरेका छन्।

केही समय अगाडि नछुटिने हल्ला चलेपनि बिहीबार काठमाडौं जिल्ला पुगेर उनीहरूले सम्बन्ध विच्छेद गरेका हुन्।

गायक क्षेत्रीले आफूहरूले सहमतिमै सम्बन्ध विच्छेद गरेको बताएका छन् । ‘दुई जनाकाे सहमतिमा हामीले डिभोर्स गरेका छौं।

मैले योभन्दा अघि हाम्रो सम्बन्धलाई बचाउने प्रयास गरेको हो तर मिल्न नसकिने अवस्था आएपछि सम्बन्ध टुंगाएका हौं,’ उनले भने। उनीहरूकाे सम्बन्ध केही समय अघिदेखि चिसिंदै आएका थिए ।

उनीहरूबीच बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति भएको छ।