अध्यक्ष केपी ओली पुगे ठमेलस्थित एलओडी क्लब (तस्बिरहरू)

काठमाडाैं, २६ कात्तिक । एमालेका अध्यक्ष केपी ओली मध्यराति ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुग्नुभएकाे छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागिचुनावी माहाैलमा एक गीत सार्वजनिक गर्नका लागि अध्यक्ष ओली त्यहाँ पुग्नुभएकाे हाे ।

अध्यक्ष ओली शुक्रबार मध्यरात करिब १२ बजेतिर ठमेलको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुग्नुभएर आफ्नो नाममा बनेको र्‍याप गीत ‘सहर सहरमा ओली’ सार्वजनिक गर्नुभएकाे छ । हेर्नुहाेस तस्बिरहरू