ललितपुरमा दुई नाबालिका बलात्कृत

ललितपुर, २९ कात्तिक । ललितपुरमा दुइजना नाबालिका बलात्कृत भएका छन् ।

१० वर्षीया र ११ वर्षीया दुइजना नाबालिका लाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका-३ नहर बस्ने १९ वर्षीय पर्वत बिश्‍वकर्मा र १९ वर्षीय मदन बिश्वकर्मालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले दुवै जना नाबालिकालाई शुक्रबार दिउँसो आफ्नै कोठामा लगि जबरजस्ती करणी गरेको सूचना प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।