बुबा पुस्ताका उम्मेदवारलाई ललकारर्दै एमालेका पाँच युवा

काठमाडौँ, ३० कात्तिक । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौँ, पाल्पा, मकवानपुर, बझाङ, गोरखालगायतका जिल्लामा नेकपा (एमाले) ले नयाँ पुस्ता र नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । गठबन्धनका तर्फबाट ती जिल्लामा उम्मेदवार बनेका अनुहार पुराना र पटक–पटक सांसद बनिसकेका छन् । पछिल्लो समय युवा र नयाँ अनुहारलाई प्राथमिकता दिनुपर्ने बहस चलिरहेका बेला ती जिल्लाको चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ । त्यति मात्रै होइन पुराना पुस्तालाई आफ्नो विरासत जोगाउनु पर्ने र नयाँ अनुहारलाई प्रतिस्पर्धामा जित निकाल्नु पर्ने चुनौति छ ।

 

ती जिल्ला मध्ये पनि पाल्पा, बझाङ र मकवानपुरमा त अझ रोचक के छ भने लामो सयम एउटै पार्टीमा बसेर काम गरेका व्यक्तिहरुविच प्रतिस्पर्धा हुने भएको छ ।
सबै भन्दा पहिला पाल्पा क्षेत्र नम्बर २ को चर्चा गरौँ ।

त्यहाँ एमालेले पोलिटब्यूरो सदस्य ठाकुर गैरेलाई उम्मेदवार बनाएको छ । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डे उम्मेदवार हुनुहुन्छ । उहाँ निवर्तमान सांसद पनि हो । यो क्षेत्रमा पाण्डे छैटौं पटक उम्मेदवार बन्दै हुनुहुन्छ भने गैरे पहिलो पटक प्रतिस्पर्धामा हुनुुहुन्छ । अनेरास्ववियुको पूर्वअध्यक्ष समेत रहनु भएका गैरे यस अघिका पटक–पटकका निर्वाचनमा पाण्डेकै कारण ओझेलमा पर्दै आउनु भएको थियो । यो पटक उहाँलाई न्याय भएको भन्दै पाल्पाबासी पनि उत्साहित बनेका छन् । त्यो गैरेका लागि सकारात्मक पाटो हो ।

 

अनेरास्ववियुको पूर्वअध्यक्ष समेत रहनु भएका गैरे यस अघिका पटक–पटकका निर्वाचनमा पाण्डेकै कारण ओझेलमा पर्दै आउनु भएको थियो । यो पटक उहाँलाई न्याय भएको भन्दै पाल्पाबासी पनि उत्साहित बनेका छन् । त्यो गैरेका लागि सकारात्मक पाटो हो

 

०५१, ०५६, ०६४, ०७० र ०७४ को निर्वाचनमा उम्मेदवार बन्नुभएका पाण्डे ०६४ सालमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लीला सोमईसँग पराजित हुनुभएको थियो । बाँकी निर्वाचनमा उहाँ विजयी हुँदै आउनु भएको छ । यो पटक उहाँ गठबन्धनबाट उम्मेदवार बन्नुभएको छ ।

चुनावी चर्चा अघि पाल्पा क्षेत्र नं. २ मा वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतको तथ्याङ्कलाई केलाएर हेरौँ । त्यो तथ्याङ्क हेर्दा एमालेले यो क्षेत्रमा ३० हजार ५ सय ३६ मत पाएको थियो । पाल्पाको यो क्षेत्रमा एकीकृत समाजवादी निकै कमजोर अवस्थामा छ । एमालेपछि दोस्रो मत प्राप्त गरेको कांग्रेससहितको समर्थनमा पाण्डे उम्मेदवार बन्नुभएको छ । यस्तो अवस्थामा कांग्रेसका सबै मतदाताको मत पाण्डेले प्राप्त गर्ने अवस्था नरहन सक्छ ।

एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे पाल्पामा ०५१ सालदेखि नै एमाले पहिलो शक्तिका रुपमा रहँदै आएको भन्दै यो पटक पल्पाका दुवै क्षेत्रमा एमाले विजयी हुने विश्वास व्यक्त गर्नुहुन्छ । उहाँले ०५६ मा पार्टी विभाजन हुँदा पनि पाल्पाका ३ वटै क्षेत्रमा एमाले विजयी भएको इतिहास उहाँले बताउनुभयो ।

०६४ को निर्वाचनमा समेत माओवादीको जगजगी रहेका बेला ३ मध्ये २ क्षेत्र जितेको उहाँले जानकारी दिनुभयो । एमालेले ०७० को निर्वाचनमा पनि ३ मध्ये २ क्षेत्रमा विजयी हात पारेर पहिलो शक्ति बनेको थियो । ‘हामी ०७४ को स्थानीय निर्वाचनमा एक्लै लड्दा पनि पहिलो शक्ति भएका थियौँ,’ उहाँले भन्नुभयो, ‘अहिलेको स्थानीय तहको निर्वाचनमा कांग्रेस, माओवादीलगायतका सबै शक्ति एकातिर हुँदा पनि एमालेले १० पालिका मध्ये ६ मा विजयी हात पारेको छ । जिल्ला समन्वय समिति पनि एकल ढंगले बनाएको छ । यो भनेको पाल्पामा एमाले नै पहिलो शक्ति हो र मंसिर ४ को निर्वाचनमा पनि २ वटै निर्वाचन क्षेत्र जितेर पहिलो शक्ति हुन कसैले रोक्न सक्दैन ।’

पाल्पा क्षेत्र नम्बर २ मा एमालेले अहिले नयाँ अनुहारलाई उम्मेदवार बनाएकाले जित्नेमा ढुक्क भएको बताउनुभयो । ‘एमालेको उम्मेदवार नयाँमात्र होइन राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन सफल युवा पनि हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘यी सबै एमालेले जित्ने आधार हुन । गैरे एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्ष हुँदै पार्टीको केन्द्रीय सदस्य देखि पोलिटब्यूरो सदस्य भइसकेका व्यक्ति हुनुहुन्छ । त्यसैले संगठनको मतमात्र होइन अन्य मतसमेत आउनेमा ढुक्क छौं ।’ उहाँले पाल्पा १ बाट नारायणप्रसाद आचार्य उम्मेदवार बन्नुभएको भन्दै संघका दुई र प्रदेशका ४ वटै निर्वाचन क्षेत्रमा जिन्नेमा ढुक्क भएको बताउनुभयो ।

 

‘एमालेको उम्मेदवार नयाँमात्र होइन राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाउन सफल युवा पनि हुनुहुन्छ’

 

यो क्षेत्रमा स्थानीय तहमा कमजोर देखिएको एकीकृत समाजवादीका पाण्डेलाई भने निर्वाचन जित्न कांग्रेस र माओवादीको भरोसा छ । नातामा माधव नेपालका सम्धी पाण्डेलाई अघिल्ला–अघिल्ला निर्वाचनमा पनि नेपालकै जोडबलमा टिकट प्राप्त हुँदै आएको थियो । अहिले पनि उहाँकै जोडबलमा पाण्डेले टिकट प्राप्त गरेको विश्लेषकहरू बताउँछन् ।

अब बझाङको चर्चा गरौँ

कुनै समय एमालेका शक्तिशाली नेताको रुपमा परिचित भानुभक्त जोशी अहिले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको छ । पूर्व वनमन्त्रीसमेत रहनुभएका जोशी बझाङ क्षेत्र नं १ बाट २०५१ सालमा प्रतिनिधि सभा सदस्य र २०६४ सालमा सोही क्षेत्रबाट संविधानसभा सदस्य बन्नुभएको थियो । उहाँ ०४८ को निर्वाचनमा पनि उम्मेदवार बन्नुभएको थियो तर पराजित हुनुभएको थियो । उहाँ पहिलो पटक उम्मेदवार बन्दा ७–८ वर्षको उमेरका ऐन महर अहिले उहाँसँगै प्रतिस्पर्धामा हुनुहुन्छ ।

अनेरास्ववियुको अध्यक्ष हुँदै एमाले केन्द्रीय सदस्य बन्नुभएका महरलाई अहिले एमालेले उम्मेदवार बनाएको छ । गत असोज २० गते एमालेबाट राजीनामा दिनुभएका जोशी पछिल्लो समय नेकपा समाजवादीमा आवद्ध हुनुहुन्छ । ‘स्थानीय तहको निर्वाचनमा कमजोर अवस्थामा रहेको समाजवादीलाई उम्मेदवार बनाएपछि अहिले बझाङमा दोस्रो शक्तिका रुपमा रहेको नेपाली कांग्रेसका मतदाता असन्तुष्ट छन्,’ बझाङ एमालेका एक नेता भन्नुहुन्छ, ‘हामीमा मतभेद छैन । हामी चुनावी अभियानमा जुटिरहँदा गठबन्धन भने विवादको घैँटो कहिले फुट्ने हो भन्ने चिन्तामा छ ।’

 

‘स्थानीय तहको निर्वाचनमा कमजोर अवस्थामा रहेको समाजवादीलाई उम्मेदवार बनाएपछि अहिले बझाङमा दोस्रो शक्तिका रुपमा रहेको नेपाली कांग्रेसका मतदाता असन्तुष्ट छन्,’ बझाङ एमालेका एक नेता भन्नुहुन्छ, ‘हामीमा मतभेद छैन । हामी चुनावी अभियानमा जुटिरहँदा गठबन्धन भने विवादको घैँटो कहिले फुट्ने हो भन्ने चिन्तामा छ ।’

 

एमाले बझाङमा मतको हिसावले पहिलो पार्टी पनि भएका कारण पनि महरलाई चुनाव जित्न सहज हुने एमालेको आँकलन छ । २४–२५ हजार मत भएको कांग्रेसले टिकट नपाएर अहिले बझाङमा ४–५ हजार मत भएको समाजवादीले टिकट पाउँदा त्यसै पनि कांग्रेसीहरु रुष्ट बनेको र त्यसको असर उम्मेदवारमा पर्ने पनि एमालेको आँकलन छ । ‘हामीले जित्ने धेरै आधारहरु छन् त्यो मध्ये बलियो आधार भनेको मतका हिसावमा पहिलो पार्टी हौँ,’ महरले भन्नुभयो, ‘दोस्रो भनेको यहाँका मतदाताले विकास र समृद्धिका लागि युवा र नयाँ अनुहार खोजेका छन् । त्यो प्रतिनिधित्व एमालेले गरेको छ । म एमालेका तर्फबाट उम्मेदवार छु ।’

महरले बझाङ दुर्गम जिल्ला भएको भन्दै उमेरका हिसावले पनि अब जोशीले विश्राम लिनुपर्नेमा जोड दिनुभयो । ‘मेरो उहाँप्रति सम्मान छ । म ७–८ वर्षको हुँदादेखि उहाँ निरन्तर राजनीतिमा हुनुहुन्छ । दुई–दुई पटक त उहाँ सांसद नै बन्नुभयो । अब हामी जस्ता युवा आएका छौँ । उहाँले विश्राम लिएर हामीलाई सल्लाह–सुझाव दिदाँ राम्रो हुन्छ भन्ने लाग्छ ।’ महरले आफ्नो जित निश्चित भएको भन्दै जितपछि जिल्लाको विकास र समृद्धिमा ध्यान दिने बताउनुभयो ।

अब चर्चा गरौँ मकवानपुर २ को, मकवानपुर २ मा पनि यो पटक कुनै समय एउटै पार्टीमा रहेका दुई व्यक्तिबिच चुनावी प्रतिस्पर्धा हुँदैछ । विरोध खतिवडा कुनै समय एमालेका प्रभावशाली नेताका रुपमा परिचित हुनुहुन्थ्यो । पञ्चयातकालमै अर्थात् २०४३ को निर्वाचनमा खतिवडा सहभागी हुँदै गर्दा अहिलेको भिमफेदी गाउँपालिका वडा नम्बर ९ मा जन्मिनु भएका महेश बर्तौलाको उमेर जम्मा ३–४ वर्षको मात्रै थियो ।

त्यसपछि पनि खतिवडा निरन्तर संसदीय राजनीतिमा सक्रिय रहिरहनुभयो । त्यति मात्रै होइन उहाँ बहुदल स्थापनापछिका अधिकांश निर्वाचनमा उम्मेदवार बन्नुभयो । ०४८ र ०५१ ख्तिवडा उम्मेदवार बन्नुभयो र विजयी पनि हुनुभयो । खतिवडा सांसद भएको दुई वर्षपछि अर्थात २०५३ सालमा श्री कालिका मा.बि. नामटारमा कक्षा ७ मा अध्ययनरत रहँदा अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएका बर्तौला मकवानपुर बहुमुखी क्यापसमा २०६२ र ०६५ मा गरि दुई पटक स्वतन्त्र विद्यार्थी युनियनको सभापति बन्नुभयो भने ०६५ मा स्वतन्त्र विद्यार्थी युनियन काउन्सिल नेपालको केन्द्रीय संयोजक बन्नुभयो ।

यता खतिवडा ०५६ तथा ०७४ सालमा भएका संसदीय निर्वाचनमा पनि उहाँ सहभागी हुनुभयो र विजयी पनि हुनुभयो । पछिल्लो समय स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका खतिवडा तीन पटक एमाले एक्लै चुनाव लड्दा विजयी हुनुभयो भने अघिल्लो प्रतिनिधिसभामा माओवादीको साथ थियो । यो पटकचाँहि खतिवडा कांग्रेस–माओवादीसहितको गठबन्धनबाट एकिकृत समाजवादीको तर्फबाट निर्वाचन लड्दैछन् । उहाँ यो पटक मकवानपुर २ बाटै उम्मेदवार बन्दै गर्दा उहाँ पहिलो पटक चुनावी मैदानमा उत्रिदाँ ३–४ वर्षको उमेरका बर्तौला अनेरास्ववियुको उपाध्यक्ष हुँदै एमाले बागमती प्रदेश कमिटीको उपसचिव हुनुहुन्छ र खतिवडासँगै प्रतिस्पर्धामा हुनुहुन्छ । यो करीब ४० वर्षको इतिहासमा राप्ती नदीमा करोडौँ घनमिटर पानी मात्रै बगेन कुनै समय खतिवडाकै चुनावी कमाण्डर बर्तौला यो पटक खतिवडासँगै चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ ।

 

यो करीब ४० वर्षको इतिहासमा राप्ती नदीमा करोडौँ घनमिटर पानी मात्रै बगेन कुनै समय खतिवडाकै चुनावी कमाण्डर बर्तौला यो पटक खतिवडासँगै चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ

 

अझ गज्जब त के भने ०६० र ०६२ मा दुई कार्यकाल बर्तौला अनेरास्ववियु मकवानपुरको अध्यक्ष हुँदा खतिवडा पत्नी तथा नेकपा समाजवादीकी नेतृ मुनु सिग्देल तत्कालीन एमाले मकवानपुरकी अनेरास्ववियु इन्चार्ज हुनुहुन्थ्यो । धेरै महत्वपूर्ण छलफल समेत त्यतिबेला खतिवडा निवासमा हुने गर्थे । अहिले राजनीतिले कोल्टे फेरेको छ र बर्तौला खतिवडासँगको प्रतिस्पर्धामा विजयी हात पार्ने अभियानमा हुनुहुन्छ ।

बर्तौलाको तीन पुस्ताले खतिवडालाई मतदान गरेर जिताएको इतिहास बोकेर बर्तौला यो पटक खतिवडा जिताउने होइन आफू जित्ने अभियानमा हुनुहुन्छ । मकवानपुर एमालेका अध्यक्ष एकलाल श्रेष्ठ यो पटक युवा नेतृत्वलाई एमालेले अघि सारेका कारण जित निश्चित भएको बताउनुहुन्छ । ‘मकवानपुरमा एमालेले स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतमा ४० प्रतिशत ल्याएको छ । हाम्रो जितको एउटा आधार यो हो । अर्को भनेको एमालेले महेश बर्तौला जस्ता युवालाई उम्मेदवार बनाएको छ,’ श्रेष्ठले भन्नुभयो, ‘उहाँसँग राजनीतिको लामो अनुभव छ । विभिन्न जिम्मेवारीमा रहेर कुशलतापूर्वक काम गर्नुभएका बर्तौलालाई यो पटक मकवानपुरका जनता जिताउन आतुर हुनुहुन्छ ।’

लामो समयदेखि खतिवडालाई मतदान गर्दै आएका मकवानपुरवासी पनि यो पटक त्यो परम्परा तोड्ने अभियानमा रहेको उहाँले बताउनुभयो । ‘यहाँका जनता उकुुस–मुकुस हुनुहुन्छ । बर्तौला स्वयम पनि आफूहरुका तीन पुस्ताले लगातार खतिवडालाई मतदान गरेको स्मरण गराउँदै यो पटक मकवानपुरका जनताले आफूलाई न्याय गर्नेमा आशावादी हुनुहुन्छ ।

अब थोरै काठमाडौँ १ को चर्चा गरौँ

पाल्पा, बझाङ र मकवानपुरको जस्तै काठमाडौँ क्षेत्र नम्बर १ को पनि चुनावी चर्चा रोचक बन्ने देखिन्छ । यो क्षेत्रमा निरन्तर रुपमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उम्मेदवार बन्दै आउनु भएको छ । संविधानसभाका दुई बटै निर्वाचनमा काठमाडौं १ बाट विजयी हुनुभएका सिंह ०७४ को निर्वाचनमा पनि विजयी भएर ह्याट्रिक गर्नुभएको थियो । उहाँले ०७४ को निर्वाचनमा १० हजार ९ सय ३६ मत ल्याउँदा तत्कालिन विवेकशील साझाका रविन्द्र मिश्रले १० हजार १ सय १८ मत ल्याउनु भएको थियो ।

त्यो निर्वाचनमा झिनो मतले विजयी हुनुभएका सिंहलाई यो चुनावमा मिश्रसँगै एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका युवा संघका अध्यक्ष किरण पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । पछिल्लो समय मिश्रको राजनीतिक कमजोर मात्रै बनेको छैन ।

 

निर्वाचनमा झिनो मतले विजयी हुनुभएका सिंहलाई यो चुनावमा मिश्रसँगै एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका युवा संघका अध्यक्ष किरण पौडेलसँग प्रतिस्पर्धा गर्नुपर्ने छ । पछिल्लो समय मिश्रको राजनीतिक कमजोर मात्रै बनेको छैन

 

उहाँकै अगुवाइमा अघि बढेको पार्टी छाडेर उहाँ राप्रपातिर लाग्नु भएको छ । यसले पनि उहाँ पहिलाको जस्तो शक्तिमा नरहेको विश्लेषण गरिएको छ । पौडेलको भने पछिल्लो सयम बढी चर्चा हुने गरेको छ । एमालेले युवा अनुहारलाई प्राथमिकता दिनुले पनि यो क्षेत्रमा सिंहलाई कठिन देखिएको छ । सिंहले आफ्नो जित निश्चित रहेको भन्दै आउनु भएको छ । तर, उहाँले भने जस्तो सजिलो भने नभएको विश्लेषण गरिएको छ । यो क्षेत्रमा स्थानीय तहको निर्वाचन तथ्याङ्कलाई हेर्दा एमालेको अवस्था कमजोर छैन । त्योसँगै एमालेले युवा उम्मेदवार उठाउनुले पनि जित सुनिश्चित भएको एमालेको दाबी छ ।

त्यसैगरी अहिले गोरखा क्षेत्र नम्बर २ को पनि चुनावी प्रस्तिस्पर्धा रोचक बन्ने देखिएको छ । त्यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको छ भने एमालेले अब्दुस मियाँलाई उम्मेदवार बनाएको छ । हालै मात्र एमाले प्रवेश गर्नुभएका मियाँ मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीतिमा होमिनु भएको थियो ।

प्रचण्ड चितवनबाट उम्मेदवार बन्ने चर्चा भए पनि अन्तिममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको सहित साथ पाएपछि गोरखा २ बाट उम्मेदवार बन्नुभएको हो । ०७४ को निर्वाचनमा कांग्रेसको सहयोगमा यहि क्षेत्रबाट भट्टराई निर्वाचित हुनुभएको थियो । युवाविच लोकप्रिया मियाँ यो पटक प्रचण्डका लागि चुनौति बन्न सक्ने धेरैको अनुमान छ ।