निर्वाचन आयोगले मौन अवधि उल्लंघन गरे २५ हजार जरिवाना गर्ने

काठमाडाैं, १ मंसिर । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन समितिलाई मौन अवधिको नियम कडाइका साथ पालना गराउन निर्देशन दिएको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलियाका अनुसार केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले यस्तो निर्देशन दिएको हाे ।

निर्वाचन कसुर तथा सजाय ऐनले मतदानको दिनदेखि ४८ घण्टा अघिको समयलाई मौन अवधि तोकेको छ।

उक्त समयमा पालना गर्नुपर्ने नियमकाबारे भनिएको छ, ‘कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार गर्न वा गराउन हुँदैन।’

नियम उल्लंघन गर्नेलाई २५ हजार रुपैयाँ जरिवाना हुने थपलियाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *