मौन अवधिमा चुनाव प्रचारमा गरिएका पोस्ट लाइक, कमेन्ट र सेयर गर्न नपाइने

काठमाडाैं, २ मंसिर । आइतबार हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि गए राति १२ बजेदेखि नै स्थिर समय (मौन अवधि) सुरू भइसकेको छ। यस अवधिमा कुनैपनि दल वा उम्मेदवारहरूले चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्।

निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि प्रचारका सामग्री फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमा नराख्न निर्वाचन आयोगले प्रयोगकर्ताहरूलाई आग्रह गरेको हो।

चुनावी प्रचार सामग्री सामाजिक सञ्जालमा नराख्न र लाइक, कमेन्ट, सेयर, ट्याग वा प्रतिकमेन्टसमेत नगर्न आयोगले आग्रह गरेको छ ।

आयोगले सामाजिक सञ्जाल तथा अनलाइन सञ्चार माध्यमबाट कुनै पनि राजनीतिक दल वा उम्मेदवारको विज्ञापन नगर्न मौन अवधिमा त्यस्ता सामग्री हटाउन पनि भनेको छ।

निर्वाचनका दिन मतदान केन्द्रका वरपर दल वा उम्मेदवारका चुनाव चिन्ह भएका पोशाक, लोगो, ब्याज, झन्डा, टिसर्ट, टोपी, स्टीकरलगायत प्रयोगमा पनि निषेध गरेको छ।

मौन अवधिमा उम्मेदवारको जन्मदिन परेमा पनि घरबाहिर गएर जन्मदिनका कार्यक्रम नगर्न आयोगले आग्रह गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *