ललितपुर २ र ३ मा एमालेको अग्रता
ललितपुर, ५ मंसिर । प्रतिनिधिसभा सदस्यअन्तर्गत ललितपुर क्षेत्र नम्बर २ र ३ मा मतगणना जारी छ ।
बिहान साढे ६ बजेको मतगणना अनुसार क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १३६७ मतसहित अगाडि छन् ।
त्यस्तै, लौरो चिन्हमा ८९७ र कलम चिह्मा ७७७ मत खसेको छ । त्यसैगरी हलोलाई ६७६ र घन्टीलाई ३९० मत खसेको छ ।
त्यस्तै क्षेत्र नम्बर ३ मा एमालेका अमित खड्का पम्फा भूसाल लाई पछि पार्दै ४७९ ले अग्र स्थानमा छन् ।
