ललितपुरको पछिल्लाे मत गणना: तीनवटै क्षेत्रमा एमालेको अग्रता

ललितपुर, ५ मंसिर । ललितपुरको तीन वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ ।

ललितपुर –१ मा नवराज सिलवालले ६६७ मत सहित अग्रता लिएका छन् । नेपाली कांग्रेसका उदयशमशेर जबराले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले ९३ मत पाएका छन् ।

ललितपुर–२ मा एमालेका प्रेमबहादुर महर्जन २९८० मतसहित अग्रता छन् । उनलाई हाम्रो नेपाली पार्टीका सुदिन शाक्य २४९७ मतले पछ्याइरहेका छन् । यस्तै राप्रपाका उम्मेदवार १४२६ मत पाउँदा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले १४७७ मत पाएका छन् ।

ललितपुर–३ मा पनि एमालेका अमृत खड्का ५१६ मतसहित अग्र स्थानमा छन् । स्वतन्त्र राष्ट्रिय पार्टीका उम्मेदवार तोसिमा कार्कीले ४९८ मत पाएकी छन् । सत्ता गठबन्धनका उम्मेदवार पम्फा भुसालले २९८ मत पाएकी छन् ।