नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को मतगणना सुरु

झापा, ५ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ को मतगणना सुरु भएकाे छ ।

यो क्षेत्रमा ९९ हजार ४५ मत खसेको छ । मतगणना दमक नगरपालिका कार्यलयमा सुरु भएको छ ।

अध्यक्ष ओलीका प्रतिस्पर्धी गठबन्धनबाट कांग्रेसका डा. खगेन्द्र पाण्डव अधिकारी छन् ।