सिरहामा चित्रलेखा र राजकिशोरको उम्मेदवारी खारेजको माग गर्दै आयोगमा उजुरी

सिरहा, ५ मंसिर । सिरहामा नेपाली काँग्रेसका उम्मेदवार चित्रलेखा यादव र जनता समाजवादी पार्टी नेपालका उम्मेदवार राजकिशोर यादवको उम्मेदवारी खारेजीको माग गरेका छन् ।

क्षेत्र नम्बर २ का स्वतन्त्र उम्मेदवार सुरेशकुमार कार्कीले आज निर्वाचन आयोगमा निवेदन दर्ता गर्दै उम्मेदवार चित्रलेखा र राजकिशोरले चुनावमा रकम बाँड्नुको साथै भोजभतेर लगाएकाे भन्दै उनीहरूको उम्मेदवारी खारेजीको माग गरेका हुन् ।

दुई उम्मेदवारले कात्तिक २५ गतेदेखि मङ्सिर ४ गते मतदान हुँदासम्म मतदातालाई प्रभाव पर्ने गरी घरघरमा गएर रकम बाँडेको भोजभतेर गरेको भन्दै निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २० को उपदफा (१) बमोजि उनीहरुलाई कारबाही माग गरिएको हो ।

कार्कीले निर्वाचन ऐनको दफा २१ को उपदफा (२) बमोजिम हदैसम्मको सजाय गरी निजहरू दुवैको उम्मेदवारी खारेजीको माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *