गोरखामा गठबन्धन पक्षधरबाट धाँधली भएको भन्दै ६ पार्टीद्वारा पुनः मतदान गर्नुपर्ने माग

गोरखा, ५ मंसिर । गोरखामा मंसिर ४ मा भएको मतदानमा धाँधली भएको भन्दै एक स्वतन्त्रसहित ६ वटा पार्टीले पुनः मतदान गर्नुपर्ने माग गरेका छन् ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवार विलबहादुर तामाङले पुनः निष्पक्ष र धाँधलीरहित मतदानको माग गरेका हुन् ।

गोरखाकाे निर्वाचन क्षेत्र नं. १ र २ का विभिन्न मतदान केन्द्रहरूमा सत्ता र शक्तिको आडमा गठबन्धन पक्षधरहरुबाट मृतक, वेपत्ता, विदेशमा रहेका’ तथा अनुपस्थित मतदताहरुको नामबाट मतदान गर्ने, अन्य उम्मेदवारका फर्जि प्रतिनिधि खडा गर्ने, प्रतिनिधिहरूलाई तर्साउने र भौतिक आक्रमण गर्ने, प्रतिनिधिहरूलाई बोल्न नदिने, मतदाताहरूको इच्छा विपरित समातेर लगेर मतदान गर्ने, धम्क्याउनको लागि काउण्टर राख्ने बाध्य पारेर मुचुल्कामा सहि गराउने जस्ता अवाञ्छित कृयाकलापहरू भएका दावी गरेका छन् ।

उनीहरूले भनेका छन् । यस्ता लोकतन्त्रको खिल्ली उडाउने गरी विभिन्न मतदान केन्द्रमा भएका निर्वाचन विरोधी कृयाकलापको घोर भर्त्सना गर्दै उक्त क्रियाकलापप्रति हामी गठबन्धन इतरका दलहरू असहमति जाहेर गर्दछौ । उक्त घटनाहरूको निष्पक्ष छानबिन गरी तपसिलका मतदान केन्द्रहरूमा पुनः निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदछौं’, उनीहरुले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *