फराकिलो मतसहित ललितपुर २ बाट एमालेका प्रेमबहादुर महर्जन विजयी
काठमाडौं, ५ मंसिर । ललितपुर निवाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन फराकिलो मतान्तरले विजयी बन्नुभएकाे छ ।
महर्जन मतगणनाको अन्मित मतपरिणामअनुसार १९०२५ मतले विजयी बन्नुभएकाे हाे ।
मतगणना सम्पन्न भएर अन्मित मतपरिणाम आएपनि आधिकारिक घोषणा हुन बाँकी रहेकाे छ ।
वहाँका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १०४४० मत ल्याउनुभएकाे थियाे ।
