झापामा एमाले अध्यक्ष ओली भारी मतले अग्रस्थानमा

काठमाडाैं, ६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं. ५ मा भारी मतले अग्रता लिनुभएकाे छ ।

बिहानको परिणाम अनुसार अध्यक्ष ओलीले ८ हजार ९७८ मत ल्याउनुभएकाे छ भने वहाँका निकटम प्रतिद्वन्द्वी डा. खगेन्द्र पाण्डब अधिकारीले ५ हजार ४४८ मत ल्याउनुभएकाे छ ।

जनता समाजवादी पार्टीकी ओममाया आङ्देम्बेले ८७ र जनमत पार्टीका ८६८ मत ल्याउनुभएकाे छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार पोखरेलले १ हजार ४८६ मत ल्याउनुभएकाे छ ।