काठमाडौं-९ मा एमालेका कृष्णगोपाल निर्वाचित

काठमाडौं, ६ मंसिर । काठमाडौं-९ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल लाई पछि पार्दै ११ हजार ९५६ मत ल्याएर विजयी भएका हुन् ।

पोखरेलले १० हजार ९६१ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *