शेरबहादुर देउवा डडेल्धुराबाट सातौं पटक निर्वाचित

काठमाडौं, ७ मंसिर । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट सातौं पटक निर्वाचित भएका छन् ।

अन्तिम मत गणनाअनुसार प्रधानमन्त्री देउवा भारी मतका साथ विजयी भएका छन् । डडेल्धुराकाे एक मात्र निर्वाचन क्षेत्र हाे ।

देउवाले २५ हजार ५३४ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी सागर ढकालले १३ हजार ४२ मत प्राप्त गरे।

नेपाली कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्लले ७ हजार ५३५ मत ल्याए। देउवाले डडेल्धुराबाट २०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका छन्।

देउवाले हालसम्म डडेल्धुराबाट सातौं पटक २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा निर्वाचन जितेका हुन्।