ललितपुर-३ मा तोसिमा विजयी

ललितपुर, ७ मंसिर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की विजयी भएकी छन्।

बुधबार बिहान सार्वजनिक मतपरिणामअनुसार कार्कीले १४ हजार २०८ ल्याएर विजयी भएकी हुन् ।

कार्कीका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए।

सोही क्षेत्रमा पाँच दलिय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्।